चितवन अपडेट: भरतपुर महानगरको मत गणना परिणाम गोप्य राख्ने प्रयास ! पत्रकारहरु आन्दोलित




  • चितवन । 
स्थानीय तह निर्वाचन सकिएको दिन पनि निकै ढिलो गरी गन्न सुरु गरिएको चितवनको भरतपुर महानगरको मत गणना परिणाम गोप्य राख्ने प्रयास भएको छ ।

मत गणना स्थल बाहिर भेला भएका पत्रकारहरुलाई बिहान नौ बजे यताको मत गण्ना परिणामबारे जानकारी नदिईएपछि पत्रकारहरु आन्दोलित भएका छन् ।

भरतपुरमा मत गणना भईरहेको स्थलमा रातदिन बसिरहेका पत्रकारलाई सूचनाको पहुँचबाट टाढा राखिएपछि मत गणनाको क्रममा केही गडबडी भएकाले गोप्य राख्न खोजिएको आशंका बढेको छ ।

अनौपचारिक स्रोतबाट प्राप्त मत गणनाको पछिल्लो बिबरण अनुसार नेकपा उमालेका मेयर उम्मेदवार देबी ज्ञवालीले ९,२१२ र रेणु दाहालले ७,४३३ मत ल्याएको बुझिएको छ तर त्यसबारे निर्वाचन आयोगका अधिकारीहरुले केही बताएका छैनन् ।

अहिलेसम्म पाँच वटा वडाको मत गणना सकिएको भनिए पनि त्यसमा बिजयी वडाका पदाधिकारीहरुबारे केही खुलाईएको छैन ।

मत गणनास्थलमा रहेका बीबीसीका पत्रकार ईश्वर जोशी र कान्तिपुरका दीपेन्द्र बडुवालले सूचना नदिईएकोमा आपत्ति जनाएका छन् । पत्रकारहरुले सूचनामा पहुँच नदिईकोमा मत गणनास्थल बाहिर नाराबाजी पनि गरेका छन् ।

२०७४ जेठ ४ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More