अपडेट : देशका ४ महानगरपालिकामा अहिलेसम्म कहाँ को अगाडि ?


  • काठमाडौं । 
बिहीबार बिहान ९ बजेसम्मको मत परिणाम अनुसार चार महानगरपालिकामध्ये तीनवटामा एमालेले अग्रता कायम राखेको छ । काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा एमाले अघि छ भने ललितपुर महानगरपालिमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत २ हजार ४७२ छ । 

विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत १ हजार ८७७ र साझा पार्टीका किशोर थापाको १ हजार २२६ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।

ललितपुरमा आधिकारिक रुपमा मत परिणाम सार्बजनिक गरिएको छैन । कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यन्जनकारबीच तीव्र प्रतिस्पर्धा छ । 

महर्जनको ९ हजार ४३२ र व्यन्जनकारको ९ हजार २७८ मत छ । माओवादीका दिनेश महर्जनले १ हजार ३५२ मत पाएका छन् ।

यसैगरी पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले ९ हजार ३१७ मत छ । कांग्रेस-माओवादी गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका रामजी कुँवरले ९ हजार ९३१ मत पाएका छन् ।

सबैको चासोको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकामा एमालेका देबि ज्ञवालीले अग्रता कायम राखेका छन् । 

माओवादी उम्मेदवार रेणु दाहालभन्दा ज्ञवाली २ हजार बढी मतअन्तरले अगाडि छन् । ज्ञवालीको ६ हजार ७३५ र दाहालको ४ हजार ९८७ मत छ ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More