रेणु दाहालबारे देउवाको रिपोर्ट: '५ देखि १० हजार बढी मतले भरतपुरमा जितिन्छ'


  • काठमाडौँ । 
काँग्रेस सभापति शेरबहादुर देउवाले रेणु दाहालले ५ देखी १० हजार बढी भोट ल्याएर जित्ने अच्चमको रिपोर्ट प्रचण्डलाई सुनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखिरहेका बेला देउवाले प्रचण्डलाई यस्तो रिपोर्ट सुनाएका हुन् । 

भरतपुर महानगरमा हालसम्म ४ वटा वडाको मतगणना सकिँदा रेणु एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १८ सय मतले पछाडि छिन् । 

तर देउवाले प्रचण्डलाई भने रेणु जित्नेमा निश्चितन्त हुन आग्रह गरेका छन् । हालसम्म मतगणना सकिएका १ देखि ४ वडामा रामचन्द्र पौडेल गुट बलियो रहेकाले सो गुटले पार्टी केन्द्रको निर्णयविपरीत एमाले उम्मेदवारलाई मत दिएको दाबी देउवाको छ । 

अब मतगणता हुने ६ देखि १२ वडासम्म (बजार क्षेत्र) मा आफ्नो समूह बलियो रहेको र ती वडाबाट अधिकांश काँग्रेस मतदाताले रेणुलाई भोट दिएको भन्दै देउवाले प्रचण्डलाई कन्भिन्स गर्न खोजेका छन् ।

उनको भनाइ सत्यताको नजिक छ। किन भने हालसम्म १, ३ र ४ नम्बर वडाको अध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । २ नम्बर वडा अध्यक्षमा मात्र एमालेले जितेको छ ।

देउवाले भनेका छन्। 'अहिलेसम्म गणना भएको क्षेत्र रामचन्द्र पौडेल वालाहरुको हो’, अब हाम्रा साथीहरु भएको वडामा गणना हुँदा रेणु अगाडि आउँछिन्, ५ देखि १० हजारले जित्छिन् ।’ 

बिहिबार बालुवाटारमा भएको भेटमा प्रचण्डले भने तालमेल गरेर पनि तलसम्म तालमेलको कारण र औचित्यबारे बुझाउन नसकेको भन्दै देउवासँग असन्तुष्टि जनाएका थिए ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More