जाँदा जाँदै प्रचण्ड सरकारको यस्तो निर्णय, संसद अधिवेशन अन्त्य, जेठ ८ देखि बजेट
- काठमाडौं ।
जाँदा जाँदै प्रचण्ड प्रचण्ड सरकारले चालु आर्थिक २०७३/७४को संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ। त्यस्तै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ ।
विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।
संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।
त्यस्तै सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।
सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरिएको हो ।
सरकारले उनीहरुको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।