त्रास बिरोध र आतंककाबीच पहिलो चरणको निर्वाचन सम्पन्न, ३५ देखि ४० प्रतिशत मत खसेको अनुमान


  • काठमाडौँ । 
त्रास बिरोध र आतंकका बाबजुद पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । देशभर हत्या, आतंक, बम बिस्पोट, अपहरण र झडपका बीच ३४ जिल्लामा सम्पन्न निर्वाचनमा ३५ देखी ४० प्रतिसत मत खसेको राजनीतिज्ञहरुको अनुमान छ।

यता निर्वाचन आयोगले भने पहिलो चरण भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको दाबी गरेको छ । साथै आतंक भय र त्रासमय बातावरणमा सम्पन्न निर्वाचनलाइ आयोगले शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ।

निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिएको हो । यद्दपी यसको स्वतन्त्र  पुष्टी भने भएको छैन ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको बताएका छन् । 

आयोगले काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । तर काभ्रेको नमोबुद्धमा प्रहरीको गोली लागी मारिएका नबराज पाठक र दोलखामा मारिएका एमाले कार्यकर्ताको बारेमा भने आयोग बोलेको छैन।

मतदान सम्पन्न भएसँगै सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उनले जानकारी दिए। 

पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भएपनि आज २८१ स्थानमा मात्रै मतदान भएको थियो ।

मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ । 

यस्तै स्थानीय निर्वाचनका क्रममा मतदान अघि र पछि गरि काभ्रे, दोलखा, तनहुँसहित ३ जनाको मृत्यु भएको छ भने देशभर चुनावका क्रममा भएका झडपमा परी ४ दर्जन भन्दा बढी घाइते भएका छन् । सयौको संख्यामा गिरप्तारी र धरपकड भएको छ।

२०७४ बैशाख ३१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More