कांग्रेस, एमाले र माओवादी तिनै पार्टी मिलेपछि निर्विरोध घोषणा, एकतापछि बिजयी जुलुश


  • सुन्दर कुमार थकाली, मुस्ताङ।

हिमालपारी मुस्ताङको साविकको टुकुचे गाविस वडा नं. ८,९ चिवाङ र मार्फा गाविस ९ छैरोबीच एक आपसमा सामिप्यता बढेको छ । 

राज्य पूनःसंरचनाको खाका अनुसार स्थानीयतह घरपझोङ गाउँपालिकाको वडा नं.१ मा यी दुबै गाउँ गाभिएपछि दुबै गाउँका स्थानीयले बैशाख ३१ गते हुने निर्वाचनमा मतदान नगर्ने गरी कार्यगत एकता गरेका हुन् । 

एकतापछि प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाटीले वडा नं. १का संम्पूर्ण पदाधिकारीहरुलाई आईतवार निर्विरोध भएको घोषणा गरेका थिए ।

छैरो र चिमाङका झन्डै १ सयको संख्यामा आएका स्थानीयवासीले आफ्ना जनप्रतिनिधि निर्विरोध भएको घोषणा सुन्न जिल्ला अदालत जोमसोम आएका थिए।सो अवसरमा उनीहरुले राजनितिक खिचातानी भन्दा ठुलो दुबै गाउँ बीचको पारस्परिक सम्वन्ध महत्वपूर्ण रहेको र निर्वाचन पद्यतीले संम्वन्धमा प्रतिकुलता ल्याउने भन्दै सहमति ,सहकार्य गर्दे कार्यगत एकतामा जोड दिईएको बताए ।कार्यगत एकतामा ने.क.पा.(एमाले),नेपाली कांग्रेस र माओवादी केन्द्रले मिलेर सहमती गरेका हुन् ।

वडा १को वडा अध्यक्षमा ने.क.पा.(एमाले)का तर्फबाट आईतलाल थकाली र दलित महिला सदस्य दुर्गादेवी रसाईली,नेपाली कांग्रेसबाट खुल्लातर्फ बिनोद थकाली र आश बहादुर थकाली र माओवादी केन्द्रका तर्फबाट महिला सदस्य जैकला वि.क. छन् ।

देशका तीन प्रदेश स्थानीयतहको निर्वाचनको माहोल ताातिएको बेला चिवाङ र छैरो गाउँका स्थानीयले दुबै गाउँको जीत भएको भन्दै सदरमुकाम जोमसोममा खुसी मनाएका थिए ।‘हामीले राम्रो सन्देश प्रवाह गरेका छौ’चिमाङका गाउँ मुखिया ईन्द्र बहादुर थकालीले भने‘स—साना गाउँ फुट्न हुन्न,जुट्न पर्छ भनेर मिलेर अगाडी बढेका हौ ।’

त्यस्तै छैरो गाउँका मुखिया आश बहादुर थकालीले साविकको दुई गाविसमा पर्ने दुई स—साना गाउँ बीच पूनःमिलन एवंम् एकताको सन्देश गएको बताए ।‘एउटै क्षेत्र,एउटै संस्कति ,समान धर्म र एउटै समुदायको बस्ती छैरो र चिमाङ हो’मुखिया थकालीले भने‘दुई गाउँ टुटेफुटे गाउँ र वडा समृद्ध नहुने भएकाले कार्यगत एकतामा जोड दिएका हौ ।’थकाली र दलित समुदाय रहेको छैरोमा करिव तीस घरधुरी छन् भने चिमाङमा करिव चालिस घरधुरी छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय जोमसोममा निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई स्थानीयतहको निर्वाचन लगत्तै प्रमाणपत्र हस्तान्तरण गरिने अधिकृत त्रिपाटीले जानकारी दिए ।सो अवसरमा चिमाङका गाउँ मुखिया ईन्द्र बहादुर थकालीले निर्वाचित पदाधिकारीहरुलाई खादाँ लगाई सम्मान गरेका थिए ।सो अवसरमा छैरो र चिवाङवासीले सदरमुकाम जोमसोममा एकता बिजय उत्सव मनाएका थिए ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More