सुशीला कार्की र नवराज सिलवालको पावरः राष्ट्रसंघबाट आयो प्रचण्डलाई चेतावनी

  • काठमाडौं ।

राष्ट्रसंघीय एक वरिष्ठ अधिकारीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा विचाराधीन महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गर्दै यसविरुद्ध सार्वजनिक रूपमा प्रश्न उठाउन सक्ने चेतावनी नेपाल सरकारलाई दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) अन्तर्गत स्वतन्त्र न्यायपालिका हेर्ने विशेष प्रतिवेदक डियागो गार्सिया सयनले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका हुन् । उनले यस पत्रबारे प्रधानमन्त्री र संसदलाई जानकारी गराउनसमेत परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

एक साताअघि सरकारलाई लेखेको पत्रमा महाभियोग प्रस्तावहरूमा कार्कीमाथि लगाइएका अभियोगका आधारहरू अन्तर्राष्ट्रिय मान्यताविपरीत तथा राजनीतिक अभिप्रायले ल्याइएको मानवअधिकार विशेष प्रतिवेदकको भनाइ छ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दीपक धितालमार्फत राष्ट्रसंघीय विशेष प्रतिवेदक डियागोले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई बुझाएको ध्यानाकर्षणपत्रमा न्यायपालिकालाई स्वतन्त्र राख्न तथा प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग तत्काल फिर्ता लिन सबै उपाय तत्काल अवलम्बन गर्न सरकारलाई आग्रह गरिएको छ । परराष्ट्र मन्त्रालय स्रोतले केही दिनअघि जेनेभास्थित नियोगबाट ध्यानाकर्षणपत्र प्राप्त भएको जानकारी दियो ।

प्रधानन्यायाधीशमाथि लगाइएका आरोपहरूबारे चित्तबुझ्दो जवाफ उपलब्ध गराउन आग्रह गर्दै पत्रमा उनले आफूले यसबारे सार्वजनिक रूपमा पनि ध्यानाकर्षण गराउन सक्ने बताए । सरकारको जवाफ आफूले राष्ट्रसंघीय मानवअधिकार परिषद्मा छलफलका लागि पेस गर्ने डियागोले उल्लेख गरे । ‘महाभियोग प्रस्तावले नेपालको स्वतन्त्र न्यायालय तथा शक्ति पृथकीकरणको सिद्धान्तको सवालमा नेपालमा आगामी दिनमा आउनसक्ने गम्भीर परिणामप्रति चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ’, राष्ट्रसंघीय विशेष प्रतिवेदकको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
अन्नपूर्णलाई प्राप्त पत्रमा कार्कीमाथिको महाभियोग प्रस्तावले न्यायालयमाथि प्रत्यक्ष हस्तक्षेप भएको उनले उल्लेख गरेका छन् । ‘संविधानका पक्षमा सर्वोच्च अदालतले काम गरिरहेको तथा केही राजनीतिक दलका शीर्ष नेताले विधिको शासनमाथि धावा बोल्दै गतिविधि गरिरहेका बेला प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको देखिन्छ’ पत्रमा भनिएको छ । एक महिनापछि अवकाश लिने क्रममा रहेकी प्रधानन्यायाधीश कार्कीमाथि पदमा रहेसम्म कार्कीलाई काम गर्न नदिने नियतले महाभियोग प्रस्ताव दर्ता भएको आशंकासमेत डियागोले पत्रमा व्यक्त गरे ।

‘पदमा बहाल भएयता प्रधानन्यायाधीश कार्कीले मानवअधिकारसँग जोडिएका विषयहरू तथा भ्रष्टाचारजन्य मुद्दालाई सशक्त र कडा रूपमा अघि बढाउन प्रमुख भूमिका निर्वाह गरिरहँदा महाभियोग प्रस्ताव दर्ता भएको देखिन्छ’, पत्रमा अगाडि भनिएको छ । सरकार निकटहरूबाट सर्वोच्च अदालतले ठूला मानवअधिकार हनननबारे गरेका फैसलाप्रति आलोचना हालैका दिनमा भएको उनले स्मरण गरे । नेपालको संवैधानिक व्यवस्था तथा राष्ट्रसंघीय बडापत्रले स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाको व्यवस्था गरेको समेत सरकार तथा संसद्लाई ध्यानाकर्षण गराइएको छ ।

२०७४ बैसाख २९ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More