स्थानीय तह निर्वाचन: म्याग्दीमा मात्र ५ सयभन्दा बढी शिक्षक, कर्मचारी खटिए


  • म्याग्दी, २८ वैशाख । 
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । 

प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् । 

निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ । 

एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ । 

स्थानीय तह निर्वाचनलाई विप्लव नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले खारेज गर्ने बताएको छ । कम्युनिष्ट पार्टीको अबरोधका कारण देशका अधिकांस मतदान केन्द्रमा प्रभाव पर्ने सुरक्षा निकाय, निर्वाचन आयोग र सरकारको ठहर छ ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More