यस्ता छन् सबैभन्दा तनावपूर्ण जागिर


काठमाडौं,२४ वैशाख । 

सन् २०१७ को लागि सबैभन्दा तनावपूर्ण जागिर कुन होला ? काम गर्ने कर्मचारीलाई सबैभन्दा बढी तनाव दिने जागिरको सूची अन्तर्राष्ट्रिय फोर्ब्स म्यागजीनले सार्वजनिक गरेको छ ।

फोर्ब्सका अनुसार क्यारियरकास्टडटकमको सहयोगमा मूख्य ११ ओटा फ्याक्टरलाई आधार बनाएर सबैभन्दा बढी तनावपूर्ण जागिरको सूची सार्वजनिक गरेको हो ।

क्यारियरकास्टले तनाव, भय, बेचैनी, थकान, शारीरिक मागहरु, मृत्यु, असुरक्षा, समय सीमा, यात्राको कठिनाइ र चरम प्रतिस्पर्धासहित ११ ओटा फ्याक्टरहरुको आधारमा बर्गीकरण गरी अध्ययन गरिएको उल्लेख गरेको छ।

क्यारियरकास्टले यी बाहेक अन्य फ्याक्टरहरुमा पनि यी जागिरहरु अति संवेदनशील र खतरापूर्ण रहेको उल्लेख गरेको छ ।

सबैभन्दा बढी तनाव हुने जागिर सेनाको हो । यो पहिलो नम्बरमा परेको छ । यस्तै दोश्रो नम्बरमा अग्नि नियन्त्रक, तेश्रोमा हवाइ पाइलटको जागिर तनावपूर्ण देखिएको छ । यसअघि सबैभन्दा बढी तनाबपूर्ण काम हवाइ पाइलट भएपनि यस वर्ष सेनाको जागिर सबैभन्दा तनावपूर्ण र कठिन भएको हो ।

त्यस्तै, चौथो नम्बरमा प्रहरी अधिकृत, पाँचौमा इभेन्ट कोर्डिनेटर र छैठौँमा समाचारपत्र संवाददाताको जागिर गर्नेहरु बढी तनावमा हुने उल्लेख छ । यी जागिरमा सार्वजनिक रुपमा अरुसँग बढी जिम्मेवार हुनुपर्ने र कामको समयसीमाका कारण धेरैजसो तनावमा बस्नुपर्ने अध्ययनले देखाएको हो ।

यस्तै वरिष्ठ कार्यकारी अधिकृत सातौँ नम्बरमा छ भने आठौँ नम्बरमा जनसम्पर्क अधिकृत, नवौँमा ट्याक्सी चालक र दशौँ नम्बरमा ब्रोडकास्टरहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More