कालिकोट भिडन्त: जनताको जालमा यसरी फसे सुरक्षाकर्मी, कति चल्यो गोली, कति हरायो हतियार (पूर्ण विवरणसहित)

  • प्रताप शर्मा, कालिकोट ।
स्थानीय तह निर्वाचनको क्रममा कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा भएको भिडन्तमा परी एकजनाको ज्यान गइसकेको छ । 

भिडन्तमा परि माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताका साथै सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन्। प्रहरीको हतियार, गोलीगट्ठा र झोलाहरु हराएको भनिएको छ । 

घटनाबारे अहिले सम्म प्रसाशनले एकिन विवरण दिएको छैन भन्ने समाचारहरु बाहिरिएका छन् । घटनाको यथार्थ के हो त ? आखिर स्थानीय जनताको जालमा सुरक्षाकर्मी कसरी फसेको हो ।

इमान्दार मिडियाले यसबारेमा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदी र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सुर्यबहादुर बोगटीसँग बिस्तृत जानकारी लिएको छ । 

मतदान केन्द्र पुरै कब्जा गरिएको थियो

प्रजिअ सुबेदीका अनुसार दिनभर मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएपछि मतपेटिका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा मतदान स्थल रणभूमिमा परिणत भयो ।

मतदान सकेर ब्यालेट उठाउनै लाग्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताले ब्यालेट बक्स कब्जामा लिएर जलाई दिएका थिए । 

सुदेबिका अनुसार नन्दादेवी मावि मतदान केन्द्रको एउटा मतपेटीका मतदान सकेर गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा मतादान केन्द्र घेरेर आगो लगाएका थिए । त्यसपछि सो स्थानमा दोहोरो भिडन्त भएको थियो।

दोहोरो भिडन्त सुरु भएपछि अधिकृत र कर्मचारीको भागाभाग

जिल्ला प्रहरी कार्यालय कालिकोटले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटीका जलाउन थालेपछि प्रहरीले गोली चलाउन सुरु गर्यो । 

जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सुर्यबहादुर बोगटीले इमान्दार मिडियालाई दिएको जानकारीअनुसार जब गोली चलन थाल्यो त्यसपछि मतदान अधिकृत र सरकारी अधिकारीहरु भागेका थिए ।

कुन-कुन हतियारबाट कति राउण्ड चल्यो गोली 

जिल्ला प्रहरी कार्यालयका अनुसार माल्कोटमा भएको भिडन्तमा प्रहरीले ६५ राउण्ड गोली चलाएको थियो । 

प्रहरीले एस एल आर राइफलबाट ४ राउण्ड, थ्री नट थ्री राइफलबाट ३० राउण्ड, चाइनिज ७६ राइफलबाट १७ राउण्ड र चानिज ९ एम एम राइफलबाट १४ राउण्ड गोली चलाएको थियो ।

६५ राउण्ड गोली चलाइसकेपछि पनी स्थानीय र कम्युनिष्ट पार्टीका कार्यकर्ताले निरन्तर हमला गरेपछि प्रहरी हतियार छोडेर भागेको थियो ।

को-को र कति भए घाइते 

माल्कोट भिडन्तमा परी प्रहरी नायक निरीक्षक चन्द्र शेखर ओली, प्रहरी सहायक निरीक्षक लक्षमण सिंह कुँवर, प्रहरी जवान तिल बहादुर राना, प्रशिक्षार्थी प्रहरी जवान राज कुमार राजबंसी र प्रशिक्षार्थी प्रहरी जवान मेलिना थापा रहेका छन् ।

त्यस्तै स्थानीय तर्फ कुल बहादुर बटाला, दान बहादुर बटाला, ब्यासी बिक र राप्रपाका वडा अध्यक्ष धनरुप बटाला रहेका थिए । धनरुपको पछि मृत्यु भएको छ ।

कति हरायो गोलीगट्ठा र झोला 

माल्कोट भिडन्तमा प्रहरीले हतियार र झोला छोडेर भाग्ने क्रममा केही हतियार र झोला हराएको समाचार आएको थियो । 

प्रहरीले दिएको जानकारी अनुसार प्रहरी जवान अजय सुनार र एक अर्का जवानको झोला हराएको छ भने उक्त झोलामा रहेको ३९ थान गोलीगट्ठा हराएको छ ।

अहिले सम्म हराएको भनिएको सबै हतियार भेटिएको प्रहरीले जानकारी दिएको छ । यता कम्युनिष्ट पार्टीका बिद्यार्थी नेता नरेन्द्र बिकले भने हतियार आफुहरुले भेटेको र कब्जा गर्ने पार्टीको निती नभएकािले नेपाली सेना मार्फत फिर्ता गरिएको बताएका छन् ।

सुरक्षाकर्मीलाई चारैतिरबाट घेरा हालेर कब्जा गरियो 

दिनभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि मतपेटिका उठाउने तयारी भइरहेका बेला कम्युनिष्ट पार्टीका कार्यकर्ता र स्थानियहरुले सुरक्षाकर्मीलाई घेरा हालेर पुरै मतदान केन्द्र कब्जा गरे। 

सुरक्षाकर्मीले घेरा तोड्ने क्रममा गोली चलाउनु परेको हो । सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको ज्यान गुमाए र ६ जना घाइते भए । निरीक्षक बोगटीले भने ।

मतदान केन्द्रको माथिल्लो भागमा सकेट बम

बोगटीकाअनुसार उक्त मतदान केन्द्रको माथिल्लो भागमा आइतबार विहान दुई सकेट बम फेला परेका थिए । नेपाली सेनाले उक्त सकेट बमलाई निश्क्रिय पारेपछि मतदान सुरु गरिएको थियो ।

मतदान केन्द्र वरपरको बाताबरण बिहानैदेखि त्रासमय थियो । त्रासमय बाताबरण र आतंककाबिच मतदान भने भएको थियो ।

८७९ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा ५९८ मत खसेको थियो । कालिकोट जिल्ला भरी ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

२०७४ जेठ १ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More