माओवादीविरुद्ध २५ कोब्रा कम्पनी परिचालन



काठमाडौं, २६ बैसाख ।

भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का विरुद्ध प्रयोग गरिँदै आएको विशेष तालिम प्राप्त अर्धसैनिक बलका कमान्डो फोर्सका तीन दर्जनभन्दा बढी जवानहरूको मृत्यु र अति उच्च प्रविधिका हतियार माओवादी जन सेनाको हात परेपछि आत्तिएको भारतीय फासिवादी सरकारले ८ मेका दिन विशेष बेठक राखेको थियो र हिजो ८ मेका दिन गृहमन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा यो बैठक सम्पन्न भएको छ । 

जनमेलका अनुसार रक्षामन्त्री लगायत सम्बद्ध अन्य मन्त्रीहरू समेत, विशेष रूपमा माओवादी अति प्रभावित भनिएका १० ओटा राज्य, बिहार, ओडिसा, उत्तरप्रदेश, महाराष्ट्र, छत्तिसगढ, झारखण्डका मुख्यमन्त्रीहरू तथा पश्चिम बङ्गाल, आन्ध्र प्रदेश,तेलङ्गना, मध्यप्रदेशका गृहमन्त्री र गृहका उच्च अधिकारीहरू उपस्थिति रहेको सो बैठकमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सुक्मा घटनालाई अमेरिकाको न्युयोर्कको ९/११ को घटनाका रूपमा लिन निर्देशन दिएका छन् ।

उनले अब फेरि यस्ता घटना दोहोरिन नदिनु नै सुकमा घटनालाई बुझ्नु हो भनेका छन् । उनले ‘चाँदीको गोलीले नक्सल समस्या हल हुँदेन” भन्दै बढी आक्रामक हुन राज्य प्रशासन र प्रहरीलाई निर्देशन दिएका छन् । भारतीय पत्रपत्रिका अनुसार उनले आक्रमण र रक्षा, गोली र विकास दुवैलाई सँगै लैजानुपर्ने कुरामा जोड दिएका छन् । उनले माओवादीहरूमाथि आर्थिक नाकाबन्दी गर्नुपर्ने कुरामा पनि जोड दिएका छन् । ''सबै क्षेत्रमा आक्रमकता'' मा उनको नीति रहेको छ । 

उनले भनेका छन् :

“हामीले हाम्रा नीतिहरूमा आक्रामकता ल्याउनुपर्छ : सोचाइमा आक्रामकता, रणनीतिमा आक्रकणता, सुरक्षा फौजको तैनाथीमा आक्रमणता, कार्यान्वयनमा आक्रमणता, विकासकार्यमा आक्रमणता, सडक निर्माणमा आक्रमकता ।”

उनले यसका लागि 'SAMADHAN' (समाधान) को सूत्र अगाडि सारेका छन् । यसको अर्थ यस्तो छ । एस= स्मार्ट लिडरसिप, ए=एग्रेसिभ स्ट्राटेजी, एम= मोटिभेसन एन्ड ट्रेनिङ, ए= एक्सनेवल इन्टेलिजेन्स, डि=ड्यासबोर्ड बेस्ड कि पर्फमेन्स इन्डिकेटर्स एन्ड कि रिजल्ट एरियाज, एच्=हार्नेसिङ टेक्नोलोजी, ए=एक्सन प्लान फर इच थ्रेट, एन= नो एक्सेस टु फाइनान्सिङ ।

यसका लागि सिआरपिफको कार्यालयलाई कलकत्ताबाट छत्तिसगढमा सार्ने, अहिले भएको फोर्सले नपुग्ने हुँदा गया र झारखण्डमा पनि दुइटा कमान्डो हेडक्वार्टर स्थापना गर्ने, हेलिकप्टरको सङ्ख्या बढाउने तथा शक्ति आपूर्तिका लागि नजिकै एयरपोर्टको निर्माण गर्ने निष्कर्ष बैठकले निकालेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । अपरेसन कार्यलाई प्रभावकारी बनाउन तीनै थरी फोर्स समावेश गरेर ‘ज्वाइन्ट कमान्डो फोर्स’ तयार पार्ने सुझावसल्लाह बैठकमा उठेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ । 

यसैबीच छत्तिसगढ राज्यमा अन्य फोर्सका साथै विशेष कम्बिंग अपरेसनका लागि कुख्यात कोब्रा बटालियनसित सम्बद्ध २० देखि २५ ओटा कम्पनी तैनाथ गरिने कुरा भारतीय संचार माध्यमहरूले बताएका छन् l

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More