आङछिरिङ सवार हेलिकप्टरमाथि जोमसोममा खानतलासी

  • सुन्दर कुमार थकाली, मुस्ताङ । 

स्थानीयतहको प्रचार प्रसार गर्ने अवधि गएराती देखि सकिएको छ।निर्वाचनको मौन अवधि सूरु भैसकेको संम्वेदनशिल समयमा बिना जानकारी निर्वाचन आचार संहिता उलङ्गन गर्दे मुस्ताङ प्रबेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रवार तारा एयरलाईन्सका प्रोपाईटर आङछिरिङ शेर्पा सवार हेलिकप्टरलाई शुक्रवार बिहान जोमसोम बिमान स्थलमा खानतलासी लिएको छ।

स्थानीयतहको निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्न सक्ने र आर्थिक चलखेल गर्ने उद्धेश्य बोकेर मुस्ताङ प्रबेश गरेको हुन सक्ने गोप्य सूचनाका आधारमा प्रहरी र प्रशासनको टोलीले एकोरोयल हेलिकप्टरलाई करिव ३० मिनेट नियन्त्रणमा लिएको थियो । 

हेलिकप्टर अनुगमनमा प्रमुख जिल्ला अधिकारी भीमराज पोख्रेल ,प्रहरी प्रमुख हरिहरनाथ योगी,एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन ,बिमान स्थलमा कार्यरत प्रहरी तथा कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।अनुगमनमा प्रहरीले हेलिकप्टरको खानतलासी लिएको हो । आङछिरिङ शेर्पा सवार हेलिकप्टर बिहिवार थासाङ गाउँपालिको नाउरिकोट रिसोर्टमा पुगेर शुक्रवार बिहान जोमसोम आईपूगेको बताईएको छ ।

तारा एयरलाईन्स्का प्रोपाईटर समेत रहेका शेर्पाले मुस्ताङ भ्रमणका लागि आफ्ना दुई बिदेशी पाहुना सहितको टोली लिएर मुस्ताङ आएको बताएका छन् ।उनले आफु कुनै राजनितिक दलमा नलागेको र कुनै त्यस्तो खराव मानसिकता बोकेर मुस्ताङ प्रबेश नगरेको स्पष्ट पारेका छन् ।‘म एउटा व्यवसायी हु,व्यवसाय गर्ने मान्छेलाई गलत अर्थ लगाएर हेर्नु न्योचित होईन’शेर्पाले भने‘छुसाङ र लोमान्थाङको भ्रमण गराई माउण्ट एभरेष्ट समेतको घुमाउने कार्यतालिका अनुसारनै यहाँ आएको हुँ ।’

सो अवसरमा स्थानीयतहको सून्य समयमा हेलिकप्टर चढी मुस्ताङ प्रबेश गरिनु दुभाग्यपूर्ण भएको एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचनले बताए ।‘मौन अवधिमा कुनै त्यस्तो महत्वपूर्ण कार्यक्रम भएको भए प्रशासन र जिल्लातहमा समन्वय गरिनु आउनु पर्र्यो ,सो अनुसार भएन’उनले भने‘ निर्वाचन प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने तत्वहरु संग चनाखो भएर अघि बढ्ने छौ ।’ सदरमुकाम जोमसोमका स्थानीयहरुले भ्रमणको बहाना बनाएर आर्थिक चलखेल गर्ने उद्धेश्य बोकेर मुस्ताङ आएको अनुमान गरेका छन् ।शुक्रवार गरिएको अनुगमनले मतदातालाई खरिद बिक्रिी हुनबाट जोगिन सतर्कता अभियानमा सहयोग पू¥याउने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More