स्याङ्जा : उम्मेदवारको घरमा बम फेला


वालिङ । 

स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा आज बिहानै बम फेला परेको छ । 

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको हो । 

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताए । 

प्रमुख पदका उम्मेदारको घरमा बम फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

२०७४ बैसाख २९ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More