निर्वाचन आयोग नै कम्युनिष्ट पार्टीसँग आतंकित, आयुक्तले भने - पश्चिम नेपाल विप्लवको कब्जामा छ


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीसँग प्रचण्ड सरकार नै आतंकित बनेर व्यापक धरपकडमा उत्रिरहेकाे अवस्थामा निर्वाचन अायाेग झन अातंकित बनेकाे देखियाे ।

पश्चिम नेपालमा कम्युनिष्ट पार्टीबाट निर्वाचनमा सुरक्षा चुनौति रहेको निर्वाचन आयोगले स्वीकार गर्दै छ सुरक्षा प्रबन्ध थप कडा बनाउने रणनीति तय गर्ने भएकाे छ ।

आइतबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट पश्चिम नेपालका केही जिल्लाहरुमा सुरक्षा चुनौति रहेको बताएका हुन् । तर सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे ।

मतदान अधिकृतहरु सोमबारबाट सबै निर्वाचन केन्द्रमा जाने उन बताए । टाढाका केही निर्वाचन अधिकृतहरु भने आजै सम्बन्धित केन्द्रमा प्रस्थान गरिसकेको प्रमुख आयुक्त यादवले जानकारी दिएका छन् ।

प्रमुख आयुक्तले दिएको यस प्रकारको अभिव्यक्तिले प्रचण्ड सरकार र निर्वाचन आयोग कम्युनिष्ट पार्टीप्रति कति आतंकित छ ? भन्ने कुरा प्रष्ट हुन्छ । 

संविधानसभा मार्फत तीन दलले जारि गरेको नेपालको नयाँ संविधान २०७२ प्रतिगामी तथा जनविरोधी, पूंजीवादी व्यवस्थाको सरंक्षण गर्ने, पुरानो संसदीय व्यवस्थाको पुनर्स्थापना गर्ने खालको भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले अस्वीकार गर्दै आएको छ । 


पछिल्लो समय त्यहि संविधानको जगमा घोषणा भएको स्थानीय तहको निर्वाचनले पनि पुरानै व्यवस्थालाई निरन्तरता दिने भन्दै निर्वाचन खारेजीको अभियान संचालन गरेको छ । सोहि अभियानका क्रममा आइतबार मात्रै कम्युनिष्ट पार्टीका २ केन्द्रीय सदस्य मकर गुरुङ र सन्देश पौडेलसहित दर्जनौं नेता कार्यकर्ता गिरफ्तार परेका छन् । 

यता नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले संकटकालको झझल्को दिने गरी आफ्ना नेता कार्यकर्ता गिरफ्तार नगर्न प्रचण्ड सरकारलाई आग्रह गरेका छन् ।

२०७४ बैसाख २४ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More