कुवेतमा तीन नेपाली युवा मृत्युदण्डबाट जोगिए

मृत्युदण्डको सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई कुवेतको पुनरावेदन अदालतले जन्मकैदको सजाय दिने फैसला कायम गरेको छ । काठमाडौंका आङलाक्पा शेर्पालाई चार वर्षको सजाय तोकेको छ ।

यसअघि शेर्पा, रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । उनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए ।

मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारमान श्रेष्ठ र निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ ।

उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । प्रहरीले रानाभाटलाई दुई वर्षअघि पक्राउ गरेको थियो भने बाँकीलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषधको कारोबारको मुद्दा चलाएको थियो ।

कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ । 

सजनको परिवारले दुईजना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेको बेला पक्राउ परेको जानकारी पाएको बताए । 

कुवेतमा ६१ जना जेलमा रहेकामध्ये ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन आरोपमा अदालतमा मुद्दा चलिरहेको नेपाली दूतावासले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More