व्यवसायी अशोक श्रेष्ठ कतारमा पक्राउ


कतारमा स्थापित नेपाली व्यवसायी अशोक श्रेष्ठलाई चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘क्यापिटल पुलिस’ को थुनामा राखिएको छ । 

दुबईबाट फर्किने क्रममा उनलाई हमाद विमानस्थलबाट पक्राउ गरिएको हो । कतारमा उनले सञ्चालन गर्दै आएको ‘कतार मेड सर्भिस कम्पनी’ क्लिनिङको क्षेत्रमा स्थापित छ । 

झन्डै एक दशकदेखि व्यवसायी गदै आएका श्रेष्ठले चार वर्षदेखि कतार एयरवेजलाई नेपालीसहित दक्षिण एसियाबाट कामदार पठाउँदै आएका थिए । उनले ‘स्टाफ सोर्स इन्टरनेशन’ मार्फत कतार एयरवेजलाई कामदार आपुर्ति गर्थे । त्यस वापत एयरवेजले प्रति कामदारको कमिसन दिने गर्छ ।

श्रोतका अनुसार एक कतारीलाई दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । कतार मेड सर्भिसमा नेपाली र फिलिपिनो गरी दुई सयभन्दा बढी क्लिनर महिला कामदार छन् । 

उनीहरुलाई कतारी, वेलायती लगायतका घरमा सफाई गर्न पठाउने गरिन्छ । कम्पनीले एक घण्टा बापत ५० रियाल (करिव १५ सय रुपैयाँ) लिने गरेको छ । 

नेपाल पर्यटन बोर्डबाट सद्भावना पर्यटन दूतसमेत रहेका श्रेष्ठको कम्पनीविरुद्ध १० महिनाअघि विवाहित नेपाली महिला सृजना श्रेष्ठले हालेको मुद्दा उच्च अदालतमा चलिरहेको छ । 

उनलाई गर्भवती भएको भन्दै कम्पनीले निष्कासन गरेपछि उनी क्षतिपुर्ति माग्दै अदालत पुगेकी हुन् । उनी आफ्नो शिशु र श्रीमान्सँग कतारमै बसिरहेकी छन् । 

श्रेष्ठ पक्राउ भएपछि स्पोन्सरले दुवै कम्पनी नियन्त्रणमा लिएका छन् । उनका ठाउँमा एक स्पेनी नागरीकलाई जिम्मा दिइएको छ । 

कतारमा कार्यरत नेपाली ब्यबसायीहरुका अनुसार स्पोन्सरसँग आर्थिक लेनदेनसम्बन्धी विवादबाट समस्या सिर्जना भएको हो । श्रेष्ठको परिवारले यसबारे केही बताएको छैन । चेकमा उल्लेख भएको रकम बुझाएर उनी बाहिर निस्कने प्रयासमा छन् ।

बेलायती राहदानी बोकेको हुनाले यस प्रकरणलाई नेपाली दूतावासले हेरेको छैन । श्रेष्ठ कतारमा आउँदा बेलायतमा होटल व्यवसायी थिए । उनी हङकङबाट वेलायत गएका थिए ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More