भक्तपुरमा एकाबिहानै सिलिण्डर बम विस्फोट, दुई घरमा क्षती
- काठमाडौँ २९ बैशाख।
भक्तपुरको दुवाकोटमा अज्ञात समूहले सिलिण्डर बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन ।
चाँगुनारायण नगरपालिका-२ को पुरानो केएमसी अस्पताल नजिकै बाटोमा बम विस्फोट भएको हो । यो विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।
प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईका अनुसार विस्फोटबाट नजिकै रहेको दुई घरको झ्यालका शिशा फुटेको छ । राप्रपा नेता माधव खत्री र पुष्प प्रधानाङ्गको घरको झ्यालका शिशाहरु फुटेका हुन् ।
स्थानीय चुनावमा मतदातालाई आतंकित पार्ने उद्देश्यले कसैले विस्फोट गराएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निस्कृय गरेको थियो ।
सामाचार श्रोत अनलाइन खबर