उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए, लाख बाहिरिने अनुमान


काठमाडौं, २९ वैशाख । 

स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ ।

चुनावमा करिब एक लाख बाहिरिने अनुमान

ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए ।

शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । ‘१९ वैशाखमा उपत्यकामा ३७५८ सवारी आएका थिए भने ३६५२ गएका थिए । 

त्यस्तै, २१ गते ८९२६ सवारीसाधन आएका छन् भने ९२९९ गएका छन् । ‘बाहिर गएका धेरै सवारीसाधन अहिलेसम्म फर्केका छैनन्,’ उनले भने, ‘त्यसमा पनि निजी सवारीसाधन धेरै बाहिरिएका छन् ।’

अहिलेसम्म तीन हजारभन्दा बढी सवारीसाधन उपत्यकाबाहिर

आठ दिनमा तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न नाका हुँदै सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार २१ देखि २८ वैशाखसम्म क्रमशः ३६३, ४९८, ८७, २३७, ७०८, ३१७, ४५५ र पाँच सयभन्दा बढी सवारीसाधन बाहिरिएका छन् । भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या बढी छ ।

सबैभन्दा बढी नागढुंगा, त्यसपछि भक्तपुर–साँगा र फर्पिङ नाकाबाट सवारीसाधन बाहिरिएका छन् । पहिलो चरणको स्थानीय तहको चुनाव प्रदेश नम्बर ३, ४ र ६ को ३४ वटा जिल्लामा हुँदै छ । 

३४ जिल्लामा करिब ५० लाख हाराहारीमा मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More