मतदाता बोकेको बस दुर्घटना, दुईको मृत्यु
सिन्धुपाल्चोकमा मतदाता बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनका साथै २० घाइते बनेका छन्।
काठमाडौँबाट मतदाता बोकेर दोलखा जाँदै गरेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर मृत्यु हुनेमा दोलखा लामिडाँडा –७ का ७६ वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी घिमिरे रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
बस नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर मतदातालाई दोलखाको कालिन्चोक नगरपालिका लैजान लागेको थियो।
दुर्घटनाका घाइतेहरुको सिन्धु सदवाहर अस्पताल खाडीचौर उपचार भैरहेको छ।