अब साधारण मानिससरह बाँच्न सक्छन् एचआईभी संक्रमित


एचआइभी पोजेटिभ संक्रमित बिरामीहरुका लागि खुसीको कुरा। अब नियमित औषधि सेवन गरे साधारण मानिसजत्तिकै बाँच्न सम्भव देखिएको छ। युरोप र अमेरिकाका विरामीहरुमा गरिएको सर्वेक्षणमा यो तथ्य भेटिएको हो।

बेलायती अनुसन्धाताहरुले अहिले प्रयोग भइरहेको एन्टी रेट्रोभाइरल उपचार र यसको प्रभावको बारेमा सर्वेक्षण गरेका थिए। ल्यान्सेटमा प्रकाशित उनीहरुको अध्ययनले जति चाँडो सो उपचार विधि अपनाइन्छ उति नै लामो र स्वस्थ्य जीवन बाँच्ने सम्भावना बढ्ने देखाएको छ।

ब्रिस्टल विश्वविद्यालयका अनुसन्धाताहरुले शरिरमा रहेको एचआइभी भाइरसलाई विस्तार हुन नदिने र अन्य नकारात्मक प्रभाव नपार्ने नवीन गुणस्तरका औषधि बजारमा आइसकेको जानकारी दिएका छन्।

‘यी औषधि सेवन गरे असाधारण सफलता हात लाग्नेछ,’ प्रतिवेदनमा भनिएको छ। एचआईभी पोजेटिभ संक्रमित ९० हजार बिरामीबारे १८ वटा विभिन्न अध्ययनका आँकडा केलाएर अनुसन्धाता सो निश्कर्षमा पुगेको बताइएको छ।

उनीहरुको अनुमान अनुसार सन् २००८ मा २१ वर्षको उमेरमा कोही एचआइभी संक्रमितले उपचार थालेको छ भने उक्त व्यक्ति सत्तरी वर्षभन्दा माथिको उमेरसम्म बाँच्न सक्छ।

रोग परीक्षणमा गरिएका सुधार, निरोधात्मक कार्यक्रम तथा विकसित उपचार विधिले एचआइभी समस्या समाधानमा सघाउ पुगेको बताइएको छ।

एन्टी रेट्रोभाइरल थेरापीअन्तर्गत तीन वा बढ्ता औषधिहरुको प्रयोगले ह्युमन इम्म्युनो डिफिसियन्सी एचआइभी भनिने भाइरसको स्वाभाविक विस्तारमा रोक लगाइन्छ। यसलाई गएको ४० वर्ष यताकै सबभन्दा महत्वपूर्ण जनस्वास्थ्य सफलताको कथा मानिएको छ।

युरोप र उत्तर अमेरिकामा २० लाखभन्दा धेरै मानिस एचआइभी भाइरस संक्रमित छन। विश्वभर उक्त संख्या ३ करोड ६० लाख जति छ। (बीबीसीबाट)

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More