कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?


डा. शुधाम्शु के.सी. –

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर फ्याँक्ने काम गर्छ ।

कलेजोले कार्बोहाइड्रेड, फ्याट, प्रोटिन स्टोर गर्ने काम गर्दछ । आम मानिसमा कलेजो बारेको सबैभन्दा ठूलो गलत बुझाई के हो भने कलेजोले खाना पचाउँछ । यो गलत कुरा हो । कलेजोले कुनैपनि खाना पचाउँदैन । कलेजोले चिल्लो पदार्थलाई पचाउन मद्दत गर्ने पित्त निकाल्छ । 

त्यो पित्तको मद्दतले चिल्लो पदार्थको पचाउने काम शरीरमा हुन्छ । तर कलेजोले पचाउने काम गर्दैन । मुख्यतया कलेजोको काम भनेको शरीरमा भएको विभिन्न बिकारलाई फयाँकिदिने र कार्बोहाइडे्रड, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्सलगायत कुरा सञ्चय गर्न मद्दत गर्ने हो । 

कलेजोसँग सम्बन्धित समस्या

कलेजो सम्बन्धि समस्या थुप्रै छन् । सामान्य बुझाइमा कलेजोमा समस्या आउन थालेमा त्यसलाई हेपाटाइटिस भनिन्छ । तर धेरैजसोको बुझाइ के छ भने हेपाटाइटिस भनेको हेपाटाइटिस बी हो । तर त्यस्तो होइन । कलेजोको कोष बिग्रिन थाल्यो भने त्यसलाई हेपाटाइटिस भनिन्छ । 

त्यो हेपाटाइटिस रक्सीले पनि हुनसक्छ । रक्सीका कारण अल्कोहलिक हेपाटाइटिस हुन्छ । भाइरसका कारण भाइरल हेपाटाइटिस हुन्छ । बोसो धेरै जम्यो भने इस्टियाटो हेपाटाइटिस भनिन्छ । आफ्नो शरीरले आफ्नो कलेजोलाई नचिन्ने अटो ह्युमन हेपाटाइटिस भनिन्छ । यस्ता विभिन्न कुराले कलेजोलाई असर गर्दछन् । कलेजोको कोष बिग्रिन थालेपछि त्यो व्यक्तिलाई हेपाटाइटिस सुरु हुन्छ ।

हेपाटाइटिस भइसकेपछि शरीर आफैले त्यसलाई मर्मत गर्न कोसिस गर्छ र यदी त्यो मर्मत गर्दा शरीरले भ्याएन भने कलेजो बिस्तारै बिगिँ्रदै जान्छ । र कलेजो बिग्रिसकेपछि कलेजो छोटो समयमा बिग्रियो भने त्यसलाई ‘एक्युट लिभर फेलियर’ भनिन्छ । त्यसमा बिरामीको कलेजो फेर्न नसके बिरामीको ज्यान जान सक्छ ।

अर्को समस्या हो ‘क्रोनिक लिभर फेलियर’ । ‘क्रोनिक लिभर फेलियर’ भनेको कलेजो बिगार्ने विभिन्न कुराहरु शरीरमा लामो समयसम्म भइरहनु हो । जस्तै १०/१५ वर्षसम्म हामीले रक्सी निरन्तर खाने र बेलामा जाँच नगर्ने हो भने र त्यसले कलेजोलाई बिगारिरहेको छ भने त्यसले ‘क्रोनिक लिभर फेलियर’ गराउँछ । शरीरमा हेपाटाइटिस बि वा हेपाटाइटिस सि छ । तर उपचार गराइएको छैन भने त्यसले कलेजो बिगारिरहन्छ । त्यसले पनि ‘क्रोनिक लिभर फेलियर’ गर्छ ।

कलेजो कडा हुने एउटा रोग हुन्छ त्यसलाई लिभर सिरोसिस भन्छौं । लिभर सिरोसिस भनेको कलेजो कडा हुनु हो । कुनै पनि कलेजो बिगार्ने कारणले लिभर कडा हुन सक्छ । जस्तै रक्सी, भाइरस र लामो समयसम्म कलेजोमा बोसो जमेर पनि हुनसक्छ । यसको असर समयमै थाहा पाएनौं वा उपचार गराएनौं भने लिभर कडा हुँदै लिभर सिरोसिस हुन्छ । र लिभर सिरोसिस भइसकेपछि यो क्रमिक रुपमा बिग्रदै जान्छ । कलेजो प्रत्यारोपण नगर्ने हो भने बिरामीको मृत्यु हुन्छ ।

कलेजोको डायलाइसिस पनि हुन्छ तर त्यो डायलाइसिस गरेर धेरै दिन बिरामीलाई बचाउन सक्दैनौ । यो अत्यन्त महँगो पनि छ । यो सेवा नेपालमा उपलब्ध छैन । यस्तोमा क्रोनिक लिभर फेलियर अथवा एक्युट लिभर फेलियर भयो भने त्यस अवस्थामा कलेजोको प्रत्यारोपण गर्नुबाहेक अरु उपाय हुँदैन । कलेजो सम्बन्धी रोग लाग्दा सुरुको अवस्थामा केही पनि नहुन सक्छ । 

किनभने वयश्क व्यक्तिको शरीरमा कलेजोको तौल झण्डै डेढ किलो हुन्छ । त्यसमा आदी नै काटेर अरुलाई दान दियौं भने दिने मानिसलाई केही हुँदैन । अर्को एक वर्षदेखि डेढ वर्षको बिचमा पूरै पलाएर आउँछ । हाम्रो शरीरमा भएको कलेजो यति ठूलो छ कि भगवानले अरुलाई दान दिनलाई नै बनाएको होला । सुरुमा केही पनि नहुन सक्छ तर एक्युट हेपाटाइटिस भयो भने खान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुने, जण्डिस हुने र करङको तल्लो दाहिने भागमा दुख्ने हुनसक्छ । यो एक्युट हेपाटाइटिसको लक्षण हो ।

एक्युट लिभर फेलियर भन्नाले कलेजोको कुनैपनि रोग नलागेको मान्छेलाई चार हप्ताभित्रमा जण्डिस देखापर्ने, बिरामी बेहोस् हुनथाल्ने र शरीरको विभिन्न ठाउँबाट रक्तश्राव हुने यी तीन वटा कुरा भयो भने त्यसलाई एक्युट लिभर फेलियर भन्छौं ।

‘क्रोनिक लिभर फेलियर’ भन्नाले ६ महिना भन्दा बढी समस्या हुनु हो । र यो रोग लिएर मानिस धेरै समयसम्म बाँच्न सक्छ । यसमा बिस्तारै कलेजोको काम गर्ने क्षमता ह्रास हुँदै जान्छ र अन्त्यमा मृत्यु हुन्छ । हाम्रो देशमा पाइने हेपाटाइटिस भाइरसबाट हुने हेपाटाइटिस त्यो भाइरल हेपाटाइटिस भन्छौं । त्यसमा चार थरीको भाइरस हुन्छ । हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘इ’ फोहोर खानेकुरा र पानीबाट सर्दछ । यसकै कारणले गर्दा सबैभन्दा धेरै एक्युट हेपाटाइटिस हुन्छ । एक्युट हेपाटाइटिसमा जण्डिस हुने, खान मन नलाग्ने, वाकवाक लाग्ने हुन्छ । र यो रोग यस्तो रोग हो जुन आफै ठीक हुन्छ तर हाम्रो देशमा नचाहिने उपचार गछौं ।

जण्डिस भयो भने डाक्टरले जण्डिस बुझ्दैन भनेर वैधकोमा गएर जडीबुटी खाने गछौं तर एक्युट भाइरल हेपाटाइटिस भन्ने यस्तो रोग हो जसमा औषधि गर्नुभन्दा नगर्दा राम्रो हुन्छ । यसमा औषधि गर्ने भनेको एकदमै कम हुन्छ ।

क्रोनिक भाइरल हेपाटाइटिस भनेको लामो समयसम्म शरीरमा रहेर खराब गर्ने हुन्छ । क्रोनिक भाइरल हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सी’ ले गर्छ । यसमा हेपाटाइटिस लागिसकेपछि लक्षणहरु नदेखिकन लामो समयसम्म बसिरहन सक्छ । भित्रभित्रै लिभर खराब भइरहन सक्छ । यसको उपचार गरेनौं भने बिरामीको मृत्यु पनि हुनसक्छ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More