कावेली बी वानले जगायो आशा, ८० प्रतिशत काम सकियो

पाँचथर र ताप्लेजुङको सीमाबाट बगेको काबेली नदीमा निर्माण भइरहेको काबेली बी वान आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । २०७२ असोजदेखि निर्माणको चरणमा प्रवेश गरेको उक्त आयोजनाको हालसम्ममा पाइप लाइनको ९०, ब्यारेजको ७५ र पावर हाउसको ८० प्रतिशत काम सम्पन्न भएको बताइएको छ।

आयोजनाको निर्माण कार्य आगामी कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले बताएको छ । समग्रमा आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका टेक्निकल इञ्चार्ज हस्तमान राईले बताए । उनले भने, ‘आयोजना सम्पन्न भएपछि २५ मेगावाट विद्युत् उत्पादन हुनेछ।’ उनका अनुसार टर्वाइन वीरगञ्ज भन्सारमा आइपुगेको छ भने ट्रान्सफर्मर पनि आउँदै छ।

सम्झौताअनुसार गत वैशाख १० गतेभित्र आयोजनाको काम पूरा गर्नुपर्ने भए पनि भूकम्प, अघोषित भारतीय नाकाबन्दी, निर्माण कार्यलाई नै प्रभावित पार्ने गरी काबेलीमा आएको बाढीलगायत कारणले समयमै काम सम्पन्न गर्न नसकिएको आयोजनाका इलेक्ट्रिकल इञ्जिनीयर शिव महर्जनले जानकारी दिए।

२५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रो अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको छ । पाँचथरको थर्पु र ताप्लेजुङको थुम्वेदिन गाविसमा पर्ने इवाकाबेली दोभानमा आयोजनाको बाँध निर्माण भएको छ । पानी छेक्नका लागि ब्यारेज र इण्टेक निर्माणको कामसमेत आखिरी चरणमा रहेको निर्माणको जिम्मा लिएको कम्पनी अरुण काबेली पावर लिमिटेडले जानकारी दिएको छ।

बाँधस्थलबाट ४ हजार ८ सय मिटर लामो ४ डायमिटर गोलाइको फलामे पाइपबाट पानी विद्युत्गृहसम्म पुर्‍याई विद्युत् उत्पादन गर्ने तयारी भएको आयोजनाका प्राविधिक प्रमुख हस्तमान राईले बताए । काबेली बी वानले मेची अञ्चलमै पहिलोपल्ट ठूलो विद्युत् आयोजनाले सुरुङमार्फत नभई फलामको पाइपमार्फत बाँधस्थलबाट टर्वाइनसम्म पानी पुर्‍याउन लागेको हो । 

४ सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको आयोजनाले ६ करोड रुपैयाँमा जग्गा खरीद गरिसकेको छ भने पाइप बिछ्याउने ठाउँ बनाउँदा पहिरो गएकाले स्थानीयलाई १ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्तिसमेत दिइसकेको आयोजनाका सामाजिक परिचालक डिल्ली सुवेदीले जानकारी दिए । प्रतिसेकेण्ड ३५ हजार लिटर पानीको सहायताले वर्षाको ६ महिनामा २५ मेवा विद्युत् उत्पादन हुने र हिउँदको समयमा समेत १० मेवाभन्दा कम नहुने आयोजनाले बताएको छ।

आयोजना सम्पन्न गर्नुभन्दा पहिले काबेली करिडोर बनिसक्नु पर्ने भन्दै आयोेजना काबेली करिडोरलाई पर्खेर बसेको छ । करिडोर निर्माण सम्पन्न भएलगत्तै निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । आयोजनामा ४ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये ७० प्रतिशत (२ अर्ब ८० करोड) बैङ्क तथा वित्तीय संस्थामार्फत र बाँकी ३० प्रतिशत लगानीकर्तामार्फत लगानी गरिनेछ । 

आयोजनाको स्थानीयले प्राप्त गर्ने शेयरसमेत प्राप्त गरिसकेका छन् । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि करीब २५ किलोमिटर सडक निर्माण गरिदिनुका साथै विद्युतीकरणका लागि समेत सहयोग गरेको सिभिल इञ्जिनीयर भुर्तेलले बताए । त्यस्तै प्रभावित क्षेत्र पाँचथरको नागीवासीलाई एम्बुलेन्स खरीद गरिदिने र अमरपुरवासीलाई खानेपानीको मुहान खरीद गरिदिने सम्झौता भइसकेको उनको भनाइ छ । 

अबको ६ महीनामा आयोजनाबाट विद्युत् उत्पादन हुने गरी काम अघि बढिरहे पनि १ सय ३२ केभीए विद्युत् प्रसारण लाइन काबेली करिडोर समयमै सम्पन्न नहुने निश्चितजस्तै भएकाले उत्पादित विद्युत् निर्यात गर्न नसक्दा आयोजनालाई प्रत्येक २४ घण्टामा २५ लाख घाटा हुने देखिएको आयोजनाले बताएको छ। आर्थिक अभियान दैनिकमा यो खबर छ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More