भरतपुर महानगर अपडेटः देवीलाई उछिन्दै २० मतले रेणु अगाडि
- काठमाडौं ।
भरतपुर महानगरपालिकामा १०७३ मत गणना गर्दा रेणु दाहाल अघि देखिएकी छन् । भरतपुर महानगरमा सोमबार साढे चारबजेबाट मतगणना शुरु भएको हो ।
चितवनको भरतपुर महानगरपालिकामा प्रचलित निर्वाचन कानुन अनुसार मत गणना गर्ने सहमति भएपछि मतगणना शुरु भएको हो ।
भरपुर जिल्ला विकास समिति अगाडिको कभर्ड हलमा मतगणना भइरहेको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनमा मेयर र उममेयर उठेका हुन् ।
भरतपुरलाई काँग्रेस, माओवादी र एमालेले प्रतिष्ठाको विषय बनाएका छन् । भरतपुरमा ४९३ जना महिला उम्मेदवार छन् भने ४०१ पुरुष उम्मेदवार छन् ।
कुल मतदाता १ लाख ५० हजार २७४ रहेको निर्वाचन आयोगले जनाएको छ । यो राती अबेरसम्म भएको मतगणनाको परिणाम हो ।
मेयरका उम्मेदवार
माओवादी केन्द्रका रेणु दाहाल — ४५१ मत
एमालेका देवी ज्ञवाली — ४३१ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिना — ३४ मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका पार्वती शाह — ३६ मत
एमाले दिव्य आचार्य — ४३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका रिना गुरुङ — ० मत
२०७४ जेठ २ गते प्रकाशित