शनिबार नेपाल बन्द, पुर्बसन्ध्यामा देशभर मशाल जुलुस

  • काठमाडौं २९ वैशाख।
बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन बहिष्कार अभियानमा लागेको नेपाल कम्युनिस्ट पार्टीले शनिबार नेपाल बन्दको आयोजना गरेको छ ।

यस्तै बन्दलाई सफल पार्न आव्हान गर्दै नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर मशाल जुलुस निकालेको छ । शुक्रबार साँझ ७ बजे काठमाडौं उपत्यका लगायत देशभर मशाल जुलुस निकाले हो।

एकै समय पारेर पूर्वको मेची, कोशी, पूर्वि ताम्सालिङ, पश्चिम ताम्सालिङ, गण्डक, भेरी, कर्णाली, सेती, महाकाली ब्यूरोले शहर र सदरमुकाममा मशाल जुलुस निकालेको नेकपाका प्रबक्ता खडक बहादुर बिश्वकर्माले बताएका छन् ।

पार्टीले बैशाख ३० गते आयोजना गरेको नेपाल बन्दको प्रचारको लागि मशाल जुलुस निकालेको नेकपाले जनाएको छ । 

यस्तै कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेर सहयोग गर्न उद्योग, शिक्षण संस्था, बजार, कलकारखाना संचालकसँग आग्रह गरेको छ ।साथै बन्द सफल पार्न जनसमुदाय र नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।

आफ्नो पूर्वघोषित शान्तिपूर्ण राजनीतिक अभियानमा सरकारले गैरकानूनी ढंगले पार्टीका दुइ जना केन्द्रीय सदस्य सन्देश पौडेल र नारायण महर्जनसहित देशभर सयौ नेता तथा कार्यकर्ता र समर्थकलाई दमन, धरपकड, गिरफ्तार र झुठा मुद्धा लगाएको विरोधमा नेकपाले शनिबार नेपाल बन्द आयोजना गरेको छ ।

शनिबारको बन्दमा अत्यावश्यक सवारीसाधन प्रहरी भ्यान, दमकल, दुध बोक्ने भ्यान, एम्बुलेन्स, पानी ट्यांकरलाई भने चलन दिने कम्युनिष्ट पार्टीले जनाएको छ । 

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More