स्थानीय तह निर्वाचनः को–को बन्दैछन् मतदानबाट बञ्चित ?

  • काठमाडौं । 

स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए ।

स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेकाम नेपालीले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

स्थानीय निर्वाचनमा निजामति कर्मचारी करिब एक लाखको हाराहारीमा खटिँदै छन् । एक मतदान केन्द्रमा पाँच कर्मचारी खटिने र मतदाताको संख्यालाई हेरी केही थप हुनसक्ने उनको भनाइ छ । यसरी निर्वाचनमा परिचालित हुने कर्मचारीले मतदानमा सहभागी हुन पाउँदैनन् ।

निर्वाचनमा पहिलो घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीले पाएको छ । प्रत्यक्ष रुपमा निर्वाचनमा नखटिने सुरक्षाकर्मीले पनि मतदान गर्न पाउनेछैन । त्यस्तै निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ७५ हजार म्यादी प्रहरी पनि मतदानबाट बञ्चित हुने आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More