एएनए युनिटी गाला (एकता समारोह) बाल्टिमोरमा सम्पन्न


  • विजय थापा,वाशिंगटन डिसी ।
गत मे १४ तारिख बाल्टिमोरमा दि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिका (एएनए )ले एएनए युनिटी गाला (एकता समारोह) सम्पन्न गरेको छ ।

उत्सवको मुख्य उद्देश्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनर्जीवन दिने, बाल्टिमोर सम्मेलनलाई कसरी प्रभावकारी बनाउने तथा विशेष कार्यक्रम तथा रोमान्चक कार्यक्रमको घोषणा गरिने पूर्व जानकारी गराए अनुसार एएनए का पदाधिकारीले बिशेष जानकारी गराए ।

यसको साथै कोष वृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त भेलामा डिसी महानगर क्षेत्रका बिभिन्न व्यक्तित्वहरु ,संघ संस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आयोजक तथा पदाधिकारीहरुले आफ्नो मन्तब्यको साथै उपस्थित बिभिन्न व्यक्तिहरुले शुभकामनाको साथै सुझाव दिएका थिए ।

कार्यक्रममा एएनएका अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था आएकोले युवाहरुलाई तयार हुन् आग्रह गर्दै अमेरिकामा जन्मेका दोश्रा पुस्ता लाई लक्षित विशेष कार्यक्रम ल्याएर उनीहरुलाई नेपालको सेवा गराउने समेत गर्ने बताए । अधिकारीले अगाडी भने एएनए संग म्यापिङ्ग दि रुट्स (मार्ग को नक्शा बनाउने) भन्ने कार्यक्रम को सोचमा रहेको बताए ।

महावाणिज्य दूत प्रेम राजा महतले झन्डै १० बर्ष पछि बाल्टिमोरमा हुन् लागेको सम्मेलनलाई शुभकामना दिंदै सबै जना एक जुट हुन् आग्रह गरे । बाल्टिमोर एएनए सम्मेलनका सम्मेलन संयोजक विजय श्रेष्ठले सबै एक जुट हुनु पर्ने भन्दै सबैले होस्टेमा हैसे गर्न आग्रह गरे ।

यसै गरि एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले डिसी महानगर क्षेत्रका सबै वर्ग तथा नेपाली समुदायलाई एएनए युनिटी गाला (एकता समारोह)लाई सहयोग गर्ने र सद्भाव देखाउने सबैलाई कृतज्ञता ज्ञापन गरे ।

यसको साथै सन् १९८३ मा स्थापित एएनएले निर्वाचन आगामी जुन महिना भित्र समेत गर्ने भएको छ भने एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि )को नेतृत्वमा ३ समिति समेत गठन गरिएको छ । कार्यक्रम नेपाल हाउस चमेना गृहमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More