कसरी पलायो मान्छको टाउकोमा सिङ ?


एजेन्सी । 

चीनकी एक बृद्धा आफ्नो टाउकोमा पलाएको अनौठो सिङबाट हैरान छिन् । एक सिंगे गैडाको खागजस्तो देखिने ट्युमर उनको निधारको एकापट्टि ठडिएको छ, जसका कारण उनको सामाजिक जीवनमा निकै कष्टकर बनेको छ ।

अहिलेको सिङ ठडिएको ठाउँमा करिब ८ वर्षअघि लियाङ जिउहेनको एउटा कालो कोठी जस्तो दाग थियो । दाग चिलाउँदैै गयो उनी बारम्बार कन्याउन थालिन् । 

समस्या बढ्दै गएपछि उनको परिवारले एउटा स्थानीय जडिबुटीमार्फत उपचार गर्यो । उनलाई बिस्तारै निको भए जस्तो देखियो । सामान्य चासोका साथ परिवारले सो जडिबुटीको प्रयोग गरिरह्यो ।

दुई वर्षअघि त्यो कोठी जस्तो घाउ फुट्यो र त्यहीबाट एउटा सानो सिङ पलाउन थाल्यो । सुरुमा त यसको आकार कान्छी औलाको जस्तै थियो । 

लम्बाई त्यस्तै एक इन्च जति थियो । पेन्सनर वृद्धाका छोरा वाङ झाओजुन भन्छन्, ‘हामी अस्पताल गयौं, तर चिकित्सकले किन बढेको हो भन्ने विषयमा पत्ता लगाउन नै सकेनन् । ’

झाओजुन अगाडि थप्छन्, ‘अस्पताल गयो भने घर फर्किन्न कि भन्ने डरले मेरी आमा अस्पताल जान नै मान्नु हुन्नथ्यो ।’

तर सो सिङ त्यति लामो भएर नबढ्ने जस्तो लागेपछि परिवारले यसप्रति क्रमशः कम चासो देखायो । यसै वर्षअघि वाङ झाओजुनले आमाको कपाल कोर्दै गर्दा उनको हात अकस्मात सिङमा ठोकियो । 

त्यसपछि पहिल्यकै ठाउँमा अर्को सिङ पलाएर आयो र यो यति तीब्र रुपमा बढ्यो की ६ महिनामा पाँच इन्च लामो र दुई इन्चको चौडाई भयो ।

उनको निधारमा पलाएको बस्तुको आकार र रंग ठ्याक्कै जनावरको सिङ जस्तो छ । तर, सिङ वरपरको छाला रातो रातो देखिन्छ र यसबाट बारम्बर रगत आउने गर्छ । आफ्नो अवस्थाबारे ८७ वर्षीय सिउहेन भन्छिन्, ‘अहिले मलाई केबल पीडा भइरहेको छ । पीडाका कारण कतिपय अवस्थामा त निन्द्राबाट नै व्युझिन्छु ।’

उनको समस्यालाई चिकित्सकहरुले कुटेनियस (छालाको सिङ) को रुपमा पहिचान गरेका छन् । यस सिङलाई शल्यक्रियाबाट हटाउन सकिने तर बिरामीमा शारिरिक तन्दुरुस्ती हुनुपर्ने चिकित्सकको राय छ । तर सिङ निरन्तर बढ्दै जाँदा यो क्यान्सरतर्फ उन्मुख हुने त होइन भनि चिकित्सकहरुले चिन्ता देखाएका छन् ।-

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More