रियाल च्याम्पियन्स लिगको फाईनलमा

साबिक विजेता रियाल मड्रिड, च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगमा सहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडसंग २–१ ले पराजित भएपनि समग्रमा ४–२ को नतिजा सहित रियलले उपाधी भिडन्त पक्का गरेको हो । 

पहिलो लेगमा उसले ३–० को जित निकालेको थियो । घरेलु मैदानमा रियाललाई सूरुवाती मिनेटदेखिनै दबाबमा राखेको एट्लेटिकोले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । 

१२ औ मिनेटमा साउल नेग्युजको हेडर गोल मार्फत अग्रता बनाएको एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यानले १६ औ मिनेटमा पेनाल्टीमा गोल गरे । तर पहिलो हाफ सकिन ३ मिनेट बाकी छदा रियालका लागी मिडफिल्डर इस्कोले गोल गर्दै एट्लेटिकाको च्याम्पियन्स लिग यात्रालाई कठिन मोडमा पुर्‍याए । 

रियालले प्रतियोगिताको उपाधि रक्षाका लागि अर्को महिना सिरि ए क्लब युभेन्ट्ससंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More