वुथ कब्जा गर्ने एमाले कार्यकर्ताहरुलाई दोलखामा जनताले यसरि लखेटे

  • दोलखा । 

दोलखाको वैतेश्वर गाउँपालिकाको पुतलीकाठ मतदान केन्द्रमा वुथ कव्जा गरेका एमालेका कार्यकर्ता र गुण्डाहरुलाई स्थानिय जनता र मतदान गर्न गएका मतदाताहरुले प्रतिकार गरि भगाइदिएका छन्। प्रहरीले समेत वुथ कब्जा गर्नेहहरुलाई भगाउन ४ रायण्ड हवाइ फायर गरेको छ।

स्थानियले हतियारधारीहरुसँग प्रतिकार गर्दा केहि हतियारधारी र केहि स्थानिय घाइते भएका छन्। प्रतिकारका क्रममा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । जसमा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चरिकोट लगिएको स्थानिय पत्रकार लाल कुमार तामाङले जानकारी दिएका छन्।

बैतेश्वर गाउँपालिकाको गैरीमुदीमा पनि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन् । उनीहरुको टाउको हात र खुट्टामा चोट रहेको छ। जीवन तामाङको टाउकोमा खुकुरी हानिएको छ भने लाल बादुर तामाङमाथि पनि खुकुरी हानिएको छ। किरन तामाङ र पर्शुराम तामाङको खुट्टा भाँचिएको छ ।

त्यस्तै झुलेमा एमाले कार्यकर्ताले मतदान गर्न घरबाट निस्केका अच्यूत कार्कीमाथि मतदान केन्द्र पुग्नु अघीनै एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् ।

२०७४ बैसाख ३१ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More