प्रहरीले गोलीहानी स्थानीयको हत्या गरेपछि नमोबुद्ध–४ मा निर्वाचन हुन सकेन


  • काभ्रे ।
निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीले गोलीहानी स्थानीयको ज्यान लिएपछि नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान सुरु हुन सकेको छैन।

वडा नम्बर ४ का लागि मतदान केन्द्र जनकमावि तोकिएको थियो। आफ्नो वडाका स्थानीयको प्रहरीले हत्या गरेपछि मतदान केन्द्रमा मतदाता उपस्थिति छैनन्।
प्रहरीको गोली लागी माओवादी केन्द्रका स्थानीय कार्यकर्ता कृषि पेशा गर्दै आएका नवराज पाठकको शनिबार राती मृत्यु भएको थियो।

भकुन्डेबेसीबाट तिमाल जाने बाटो सिद्धि विनायक बस्तीमा सशस्त्र प्रहरीले गोली हानी गस्ती गाडीमा राखेर धुलिखेल अस्पताल पुर्याउन बितिकै डाक्टरले पाठकलाई मृत घोषणा गरेका थिए। 

ट्रयाक्टर चालकसमेत रहेका उनलाई प्रहरीले गुण्डा भनेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। 

मुख्य दलका स्थानीय नेता एवं प्रशासनबीच मतदान सुचारु गर्नेबारे वार्ता भइरहेको छ। काभ्रेका ३०७ मतदान केन्द्रमध्ये ३०५ वटामा भने मतदान भइरहेको छ।

२०७४ बैशाख ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More