गृहमन्त्री निधिको निकृष्ठ अभिव्यक्ति,'चुनाव नस्विकार्ने नेपाली देशद्रोही हुँन्'


  • काठमाडौँ २८ बैशाख । 
गृहमन्त्री तथा काँग्रेस नेता बिमलेन्द्र निधिले चुनाव नस्विकार्ने नेपालीलाई देशद्रोहीको संज्ञा दिएका छन्। अभिव्यक्ति स्वतन्त्रताकाे खिल्ली उढाउँदै उपप्रधान तथा गृहमन्त्री निधिले स्थानीय चुनावमा भाग नलिन अभिव्यक्ति पनि देशद्राेही सरह भएकाे बताएका छन् । 

नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेसहितकाे टाेलीसँग विहिबार भएकाे वार्तामा गृह मन्त्री निधिले भने, "तपाईं पनि चुनावमा भाग नलिने भन्नुहुन्छ भने हाम्राे निगरानीमा हुनुहुन्छ ।" प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार हुँदै निधिले संसदवादकाे असली रुप प्रदर्शन गरे ।

"चित्त बुझेपनि नबुझेपनि निर्वाचन अस्वीकार गर्नेहरु देशद्राेही हुन्"; निधिले भने । "भाेट नहाल्ने जनताकाे अधिकार हाे"भन्ने अभिव्यक्ति उद्धृत गरेकाे समाचारलाई पत्रकार महासंघ राेल्पाबाट भर्खर प्रदेश सभासदमा निर्वाचित पुस्टमान घर्ती मगरले सेयर गरेकाे अाराेपमा पक्राउ गरेपछि ध्यानाकर्षण गर्न चलाउनेसहितकाे महासंघकाे टाेली गृह मन्त्रालय पुगेकाे थियाे ।

"प्रेस स्वतन्त्रताको नाममा भाेट हाल्दिनँ भन्ने विचार व्यक्त गर्न पाइन्नँ"; निधिले भने, "याे सरकारकाे घाेषित नीति हाे ।" जवाफमा महासंघका सचिव प्रभात चलाउनेले गणतन्त्रमा पनि अभिव्यक्ति स्वतन्त्रता खाेस्ने नीतिप्रति पत्रकार महासंघकाे गम्भीर अापत्ति रहेकाे धारणा राखेका थिए ।

क्रान्तिकारी पत्रकार संघठनका केन्द्रीय सचिवालय सदस्य जन्मदेवले कुनै दल मन नपरे भाेट हाल्दिन भन्नू अभिव्यक्ति स्वतन्त्रता भएकाले त्यसमा हस्तक्षेप गर्नु अलाेकतान्त्रिक भएकाे धारणा राखेका थिए ।

एकसाताभित्र समाचार लेखेकाे र वितरण गरेकाे अाराेपमा सरकारले घर्तीसहित रुकुमका हरिविष्णु अाेली, काठमाडौका ठाकुर प्रसाद अाेली, याेगेश वराल, गंभीर पाठक, गाेपाल जिसीलगायतलाई गिरफ्तार गरि हिरासतमा राखेकाे छ ।

प्रधानमन्त्रीलाई भन्छु महरा 

यसैबीच अाजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले गिरफ्तार पत्रकारकाे विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई गंम्भीरतापुर्वक राख्ने प्रतिवद्धता व्यक्त गरे । 

पत्रकार महासंघका सचिव चलाउने र संगठनका सचिवालय सदस्य जन्मदेवसँग प्रतिवद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री महराले पत्रकार गिरफ्तार हुने कुरा सही नभएको भन्दै तत्काल सुनुवाइका लागि निकायमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै हेटाैडाका पत्रकार तिलक अधिकारीलाई सुरक्षाकर्मीले घरमा घेरा हालेकाे, इमान्दार मिडिया प्रालिलाई फाेनमा धम्की दिएकाे विषयमा पनि टाेलीले गृहमन्त्री र अर्थमन्त्रीकाे ध्यानाकर्षण गराएकाे थियाे ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More