किन भने उर्जामन्त्रीले ममाथि अन्याय भो, जनतासँग न्याय माग्छु ? यस्तो छ कारण

  • काठमाडौं ।

पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारमा सबैभन्दा सफल मन्त्रीको रुपमा रहेका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले आफूमाथि अन्याय गर्न खोजिएको भन्दै जनताससँग न्याय मागेका छन् । कानूनी प्रक्रिया पूरा नगरी एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको भन्दै समाचारहरु सार्वजानिक भइरहेका बेला मन्त्री शर्माले जनतासँग न्याय मागेका हुन् ।

उर्जामन्त्री शर्माको प्रस्ताबमा मन्त्रिपरिषदले भारतको सरकारी कम्पनीसँग २ करोड थान एलइडी बल्ब किन्ने निर्णय गरेको थियो । उर्जामन्त्रीले गलत मनसायका कारण मन्त्रिपरिषदमा लगेर निर्णय गराएको भन्दै उनको आलोचना भइरहेको छ ।

‘म र मेरो टिम देशबाट स्थायीरुपमा लोडसेडिङ उन्मूलन गर्नका लागि १० वर्षमा १७ हजार मेगावाट विजुली निकाल्ने, ६० लाख युवाहरुलाई सहभागि गराउने र प्रत्येक घरपरिवारलाई जलविद्युतको १ लाख कित्ता सेयरको मालिक बनाउने महान अभियानमा लागेको छ,’ मन्त्री शर्माले भने ।

यो महाअभियानका क्रममा अन्याय, नाजायज प्रवृत्ति र भ्रष्टाचारको विरुद्धमा लड्नुपर्दा धेरै चुनौतिहरुको सामना गर्नु परेको उनले सुनाए । ‘मलाई कहिलेकाहीँ के लाग्छ भने भ्रष्टाचारका लागि लड्ने मान्छे अभिसाप हो यो देशका लागि रु जनतालाई सेवा दिनुपर्छ भनेर निस्वाथ्र्य लागि पर्नु अभिसाप हो देशका लागि ?’मन्त्री शर्माले प्रश्न गरे,( ‘म जनतासित न्याय माग्न चाहन्छु ।’

निस्वाथ्र्य ढंगले कुनै पनि शर्तमा जनतालाई सेवा सुविधा दिने र राष्ट्रको प्रगतिमा लाग्ने कुरा अघि बढाइरहेको उनको भनाई थियो । एलइडी खरिदकका लागि सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्न लाग्दा ६ महिना देखि १ वर्ष लाग्ने भएकाले कानूनअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गरिएको उनले दाबी गरे ।

‘मेरो सिंगो टिम यो प्रवृत्तिको विरुद्धमा लड्न प्रतिवद्ध छ । र, हामी लडिरहेका छौं, अझै लडिरहन्छौं,’ उनले भने,– ‘हामी कति पनि बिचलित छैनौं । किनभने इमानमा चलेका छौं ।’ कर्मचारीतन्त्रका र राजनीतिभित्रका प्रवृत्तिविरुद्ध पनि आफूहरु शशक्त ढंगले लडिरहेको उनले सुनाए ।

‘म कहिल्यै पनि जनतालाई घात गर्ने छैन,’ मन्त्री शर्माले प्रण गरे । विरोध गर्नेहरुले केही निहुँ नपाए पछि सत्यलाई असत्य बनाउएर जनतालाई दिग्भ्रमित पार्ने कामा भइरहेको उनको भनाई थियो ।

एलइडी बल्ब प्रयोगमा ल्याउँदा पिक आवरमा २ सय मेगावाट उर्जा खपत कम हुने उनले सुनाए । ‘पिक आावरमा २ सय मेगावाट बिजुली बचाउनु भ्रष्टाचार हो ? आधा मूल्यमा जनतालाई उपलब्ध गराउने सेवाको व्यवस्थापन गर्नु भ्रष्टाचार हो ?’ मन्त्री शर्माले प्रश्न गरे ।

कमिशनमा बाँचेकाहरुले आफूलाई यस्तो आरोप लगाएको उनले दाबी गरे । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री शर्माले आक्रोस पोखे । ‘कसैले मैले सोधेका प्रश्नको पुष्टि गर्यो भने म जवाफ दिन तयार छु,’ उनले भने ।

२०७४ बैसाख २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More