काठमाडौं ७ नम्बर वडाध्यक्षमा दुर्गा बहादुर मिश्रको उम्मेदवारी (एजेण्डासहित)

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौ महानगरपालिका वडा नं ७ काे अध्यक्षका लागि दुर्गा बहादुर मिश्रले  उम्मेदवारी दिएका छन् । 

दुई दशकदेखि राजनीतिमा सक्रिय मिश्र स्थानियमाझ परिचित अनुहार पनि हुन । सामाजिक एवं राजनीतिक अभियन्ताको रुपमा परिचित  उनि १९ वर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनमार्फत ऐतिहासिक जिम्मेवारी लिने गरी अगाडी बढेको बताउछन् । 

उनले आफ्नो उम्मेदवारी पश्चात सबै प्रकारबाट स्थानीयको माया, सद्भाव र समर्थन पाइरहेको बताए । देश विकासको लागि राजनीतिक परिवर्तन आवश्यक ठानेर राजनीतिमा होमिएका मिश्रले देशमा भैरहेको अन्याय, बेथिती, भ्रष्टाचारका विरुद्ध आवाज उठाउदा लामो समय जेल जिवनसमेत व्यथित गर्नुपरेकाे थियाे । 

२०१३ सालमा जन्मिएका मिश्रले जनताको मुक्तिका लागि नेकपा माओवादी केन्द्रको (तत्कालिन नेकपा माओवादी) अग्रस्थानमा रहेर संघर्ष गरे । जनताको प्रिय व्यक्तित्व उनै मिश्रले वडाको विकास र समृद्धीको लागि आफ्नो महत्वपूर्ण प्रतिबद्धताहरु समेत सार्वजनीक गरेका छन् ।

यस्ता छन् मिश्रले गरेका वडाअध्यक्ष बन्ने एजेण्डाहरू

१. वडावासी युवाहरुलाई एक घर एक रोजगारको अवसर सिर्जन गर्ने ।

२. नेपाल सरकारको स्वरोजगार कार्यक्रममा प्रत्येक बेरोजगार नागरिकलाई समावेश गर्ने ।

३. वडामा रहेका स्वास्थ्य संस्थामा वडाबासीलाई औषधोपचारमा २५ प्रतिशत छुटको ब्यवस्थन मिलाउन पहल गर्ने ।

४. वडामा रहेका सरकारी विद्यालय, कलेजमा अधारभूत शिक्षाको विकास र गुणस्तरमा विषेश पहखखल गर्ने र गरिब जेहेन्दार र पिछडिएका बर्गका छोराछोरीलाइृ विषेश छात्रबृत्तिको व्यवस्था गर्ने ।

५.मेलम्ची खानेपानी वितरणको लागि उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरी छिटो छरितो रुपमा वडाबासीको घरघरमा धारा जडान गर्न पहल गर्ने ।

६. वडा अन्र्तगत रहेका सरकारी कार्यलयहरुले प्रदान गर्ने सेवामा सून्य सहनशिलताको अवधारणा अनुरुप जनताप्रति उत्तरदायी, जवाफदेही, प्रशासनयन्त्र वनाउन क्रियासिलता बढाउने ।

७. वडा भित्र यथासम्भव विद्युतलाईन, टेलिफोन लाईन तथा अन्य प्राविधिक डिभाइसका लाइनहरुलाई भूमिगत गराइने ।

८. विभिन्न पुरातत्वीक, धार्मिक, ऐतिहासिक र साँस्कृतीक धरोहरहरु, विश्व सम्पदा सूचिमा रहेका मठमन्दिर, चैत्य, गुम्वा, गिर्जाघर मस्जिद आदिलाई आवश्यक मर्मत तथा जिर्णोद्वार गरीसंरक्षण र संवद्धनमा जोड दिइने ।

 खेलकुद क्षेत्रमा लागेका खेलाडीहरुलाई आत्म निर्भर बनाउँदै खेलकूदको सर्वाङ्गिन विकासमा योगदान दिने ।
१०. महानगरीय प्रहरी बृत्त गौशला विश्व सम्पदा सूचि भित्र पर्न गई अस्थाई रुपमा रहेको सो प्रहरी कार्यालय सात नंवर वडाकै सरकारी जग्ग्गामा स्थानान्तरण गर्न पहल गरिने ।

११. वडाभित्र रहेको सुकुम्वासी समस्या समाधान गर्नको लागि विज्ञ टोली गठन गरी समाधान गर्न पहल गरिने ।

१२. वडा अध्यक्षको लागि प्राप्त हुने तलव भत्ता सामाजिक सेवा कोष निर्माण गरी वडाबासीको हितमा प्रयोग गरिने लगायत २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गरिएको छ ।

२०७४ बैसाख २८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More