BREAKING नमोबुद्धमा माओवादी कार्यकर्ताको गोली हानि हत्या, प्रहरीमाथि आरोप, स्थिति तनावग्रस्त

  • काठमाडौँ ।
काभ्रेको नमोबुद्धमा सिबिलमा आएका २ जनाको अज्ञात समुहले माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ताको गोली हानी हत्या गरेको खबर प्राप्त भएको छ।

शनिबार राती उक्त समुहले गोली हानी माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या गरेको नमोबुद्धका स्थानीयबासी अर्जुंन मुक्तानले इमान्दार मिडियालाई जानकारी दिएका छन् ।

यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले इमान्दार मिडियासंग कुरा गर्दै प्रहरीले नै सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाएका छन् ।

पाठकको गोली हानी हत्या गरिएको २ मिनेटमा नै प्रहरीको २ वटा भ्यान आएर उनको शब धुलिखेल लिएर घटनालाइ गुपचुप गर्न खोजिएको तामाङ्को आरोप छ ।

उनले भने 'यदी प्रहरीले हत्या गरेको हैन भने गोली हानेको २ मिनेटमा प्रहरी पुग्दा हत्यारालाई किन समात्न सकेन ।' प्रहरी भएको स्थानबाट घटनास्थल पुग्न कम्तिमा पनी २० मिनेट लामो गाडीको बाटो रहेको भन्दै तामाङ्ले यो घटना गृहमन्त्री र कांग्रेसको योजनामा प्रहरीले नै घटाएको आरोप लगाएका छन्।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले केहि जानकारी दिन चाहेन । जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक रमेश रेग्मीको फोन नम्बर दियो । तर घटनास्थलमा भएका रेग्मीले फोन रिसिभ गरेनन् । हामी घटनाबारे थप अपडेट गर्ने प्रयास गरिरहेका छौ ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More