मुसहर बस्तीमा फैलिएको झाडापखाला नियन्त्रणमा


सिरहाको बरियारपट्टी गाँउपालिका–१ नर्गीस्थित मुसहर बस्तीमा विगत एक सातादेखि महामारीकै रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ। 

झाडापखालाका कारण स्थानीय रामउदगर सदायकी १० वर्षीया छोरी कविता सदायको मृत्यु हुनाका साथै अन्य १० जना बिरामी परेका थिए।

घटनाबारे थाहा पाएलगत्तै औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरी बिरामीलाई गाउँकै स्कुलमा राखेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिए।

'विगत तीन दिनदेखि दलित बस्ती नजिकैको विद्यालयमा शिविर चलाएर बिरामीको उपचार गर्यौँँ, अहिले झाडापखाला नियन्त्रणमा आइपुगेको छ,' प्रमुख डा. दासले भने, 'खानेपानी र सरसफाइको हेलचक्राइँका कारण बस्तीमा झाडापखाला फैलिएको थियो, यसबारे म आफैँ पनि गाउँ पुगेर स्थानीयलाई सम्झाएर आए।'

झाडापखालाका कारण सदामादेवी साह, कविता सदाय, ललितादेवी सदाय, रेश्मा सदाय, राजेन्द्र सदायकी पाँच वर्षीया छोरी सुनिता सदाय, रमेश सदायकी चार वर्षीया छोरी राधिका सदाय, उषा सदाय, भुल्लु सदाय, श्रीप्रसाद सदायकी छ वर्षीया छोरी मधु सदाय र विवेकान्त वैरागीलगायत बिरामी परेका थिए।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More