वाणिज्य बैंकद्धारा एनआईडीसी प्राप्ति गर्ने निर्णय, लघुबित्त पनि सुरु हुँदै

राष्ट्रिय वाणिज्य बैंकले एनआईडीसी डेभलेपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ। वाणिज्य बैंकको ११ औं साधारण सभाले यो निर्णय गरेको हो। 

राष्ट्रिय वाणिज्य बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखारहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट कारोबार हुंदै आएको छ।

बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डेले राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंंकहरुमध्ये सर्वोत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रमयता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा जानकारी दिए।

साधारण सभामा बैंकका शेयरधनीहरु अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता थियो। 

द्धन्द्धकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालय पुनःस्थापना गरिसकेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा लगानी गरिसकेको छ। यस अवधिमा २ अर्ब ७ करोड खुद मुनाफा कमाएको बैंकले जनाएको छ।

हाल बैंकले आरबीबी मर्चेन्ट बैंकिङ्ग कम्पनी संचालनमा ल्याएको छ भने लघुवित्त कम्पनी पनि खोल्ने प्रक्रियामा रहेको छ।

साधारण सभामा संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, डा. जितेन्द्रप्रसाद उपाध्याय, बढुकनाथ ढकाल, ज्ञानेन्द्रराज कोइराला, हरिप्रसाद मुनकर्मी, डा. रामदेव सिंह, नायब प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णुप्रसाद बैद्य, भुपेन्द्र पाण्डे, महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कविराज अधिकारी, केशवप्रसाद लम्साल, टेकराज जोशी र विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो। साभारण सभालाई कम्पनी सचिव शम्भुनाथ योगीले सहजीकरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More