प्रचण्डलाई चुनाव कै दिन झट्का, हुम्लामा सिंगो कमिटीद्वारा पार्टी परित्याग


  • हुम्ला ।
स्थानीय तह निर्वाचन मतदानकै दिन माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारसहित सिंङ्गो कमिटीले बिद्रोह गरी पार्टी परित्याग गरेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका १ नम्बर वडा जैरमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामे रावतसहित सिंगो कमिटीले विद्रोह गरी पार्टी परित्याग गरेको छ । 

माओवादी केन्द्रको हुम्ला जिल्ला पार्टीले गाउँपालिका स्तरमा एमालेसँग तालमेल गर्ने निर्णय गर्दै जैरमा पनी एमाले उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेपछि सिंगो कमिटीले विद्रोह गरेको हो ।

उम्मेदवार रावतले गाउँपालिका स्तरमा तालमेल भएपनि आफ्नो वडामा भने आफ्नो पार्टीले छुट्टै उम्मेदवारी दिने निर्णय भएकोमा जिल्ला पार्टीले उम्मेदवारी फिर्ता लिई एमालेसँग तालमेल गर्न दबाब दिएपछि आफूहरुले बिद्रोह गर्नुपरेको बताए । 

जिल्लाको निर्णय नमान्नेलाई कारबाहीको पत्र

त्यस्तै माओवादी केन्द्र हुमल्लाले जिल्ला पार्टीले दिएको निर्देशन नमान्नेलाई कारवाही गरिने बताएको छ । एमालेसँग तालमेल गर्न नमान्नेलाई कारबाही गर्ने पत्र गाउँ पार्टी कमिटीलाई थमाएपछि सिंगो गाउँ कमिटीले पार्टी परित्याग गरेको रावतले  बताए । 

यस्तै माथिल्लो कमिटीले तल्लो कमिटीलाई पेल्ने रणनीति लिएपछि आफूहरुले विद्रोह गर्नु परेको गाउँ कमिटीका अध्यक्ष तिर्थ बुढाले बताए ।

आफूहरु पार्टीको माथिल्लो कमिटीले लादेको तानाशाही प्रवृतिका कारण मतदातालाई भोट नहाल्न अनुरोध गर्दै निर्वाचन बहिस्कार गर्नुपर्ने बाध्यात्मक स्थितिमा पुगेको बताए ।

२०७४ बैशाख ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More