पतिबाटै किन कुटिइन् महिला उम्मेदवार ?

  • काठमाडौं, २९ वैशाख । 
लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् ।

माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् । घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।

पतिले बाँसको चिर्पटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ ।

हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् ।

खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् । कान्तिपुर दैनिकमा खबर छ । तस्बिर : कान्तिपुर

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More