बाग्लुङमा उम्मेदवारबिनै मत माग्दै माओवादी कार्यकर्ता !


  • काठमाडौं २८ वैशाख ।
स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुमुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्ता लिए ।

उनीहरुको उम्मेदवारी फिर्तासँगै माओवादी केन्द्रका तर्फबाट नगरपालिका प्रमुख र उपप्रमुखको पद खाली छ । आयोगले निर्वाचन चिह्नसमेत वडा अध्यक्ष र सदस्यलाई मात्र प्रदान गर्यो । 

निर्वाचनको माहोल तातेसँगै माओवादी केन्द्र भने प्रमुख र उपप्रमुखका खाली पदमा मत माग्दै घरदैलोमा छ ।

पार्टीको आधिकारिक निर्णयविना उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्र जिल्ला कमिटिका संयोजक चन्द्रबहादुर बुढा सागर बताउँछन् । तर, उम्मेदवार बुढा र श्रेष्ठले भने नेताहरुको सल्लाह र निर्देशनमा उम्मेदवारी फिर्ता लिएको दाबी गर्छन् ।

उम्मेदवारी फिर्ता लिएपछि माओवादी पंक्तिबाट चर्को विरोध भइरहेको छ । नेतादेखि कार्यकर्तासम्मको विरोधलाई ध्यानमा राखेर माओवादी नगर कमिटिले आफ्नै चिह्नमा मत दिन मतदातालाई आग्रह गरेको आजको राजधानी दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More