लण्डनमा बुद्ध जयन्ती


लन्डनको ट्राफलगर स्क्वायरमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउन आइतबार करीब पाँच सय नेपालीहरु भेला भएका थिए।

भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएको आयोजकहरुले बताए।

बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। बुद्ध फाउण्डेसन युके, लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र कपिलवस्तु समाज युकेको सहकार्यमा बुद्ध जयन्ती मनाइएको थियो।

ब्रिटेनका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले विश्व आतंकवादले त्रसित भइरहंदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको उल्लेख गरे ।


ब्रिटेनको लेबर पार्टीकी पूर्व सांसद सीमा मल्होत्राले विश्व शान्तिकालागि बुद्धको सन्देश अरु बढी सान्दर्भिक भएको बताइन्। उक्त अवसरमा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए।

कार्यक्रमका क्रममा सूर्यास्तको समयमा नेपालको नक्साको आकृतिभित्र दीप प्रज्वलन गरिएको थियो। भूतपूर्व गोर्खा सैनिकका परिवारसहित ब्रिटेनका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरु कार्यक्रममा सहभागी हुन लण्डन पुगेका थिए।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More